सञ्चारकर्मी संञ्चार सहकारीद्वारा चार पत्रकार सम्मानित

सन्चारकर्मी सन्चार सहकारी संस्था लिमिटेड बिराटनगरले चारजना पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै आफ्नो १३ औ स्थापना दिवस मनाएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्कीले विहिबार बिराटनगरमा सम्पन्न एक कार्यक्रममा चारैजना पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्नुभएको हो । विहिबार कार्यक्रममा उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीलाई तोरेन्द्र-ईन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कार, कान्तिपुर टेलिभिजनकी सुशिला पाठकलाई ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार, मकालु टेलिभिजनका नबिनचन्द्र कर्णलाई मेम्बर चन्द्रलाल – दुर्गादेबी दाहाल सन्चार श्रमजीवी पुरस्कार र झुना भट्टराईलाई मीनादेबी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी रहनु भएका मुख्यमन्त्री कार्कीले सो अवसरमा बोल्दै समाजलाई अगाडि बढाउने महत्वपूर्ण जिम्मेवारी पत्रकारिताको हुने भएकोले समाचार सत्य तथ्यमा आधारित हुनुपर्ने बताउनु भयो । उहाले कुनैपनि समाचार प्रकासित / प्रशारित भएपछि त्यसको ठूलो महत्व हुने भएकोले रिसको आबेगमा केही लेखियो भने त्यसले समाजलाई नकारात्मकता तर्फ अग्रसर गराउछ भन्नुभयो ।

संस्थाका अध्यक्ष दीपक दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ समाजसेवी दिनबन्धु गोयल, संस्थाका उपाध्यक्ष महाप्रसाद खतिवडा, पुरस्कृत ब्यक्तित्व मोहन भण्डारी, र प्रदेश सहकारी रजिस्ट्रार हरिबहादुर खत्रीले पनि बोल्नुभएको थियो ।

प्रकाशित मिति: २०२४-०७-१२ , समय : ०७:४४:३९ , ६ महिना अगाडि