कोशी प्रदेश दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशीलाई

विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सम्पन्न कोशी प्रदेश दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । आज विराटनगरमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई लाई ३ – २ सेटले पराजित गर्दै कोशी प्रदेशले उपाधि चुमेको हो ।
आजको समपन्न फाइनल खेलको पहिले सेटमा कोशीले सुदूरपश्चिमको २३ अंकको विरूद्ध २५ अङ्क प्राप्त गर्न सफल भएको थियो भने दोस्रो सेटमा कोशीले २५ अङ्क प्राप्त गर्दा सुदूरपश्चिम लाई १८ अङ्कमा रोक्न सफल भयो ।

खेलको तेस्रो र चौथो सेटमा सुदूरपश्चिमले २६ अङ्क प्राप्त गर्दै कोशीलाई २४ अङ्कमा रोकेको थियो भने पाचौँ तथा टाइब्रेकर सेटमा सुदूरपश्चिमको १३ विरूद्ध १५ अङ्क हासिल गर्दै कोशीले उपाधि जित्न सफल भएको थियो । उपाधिसँगै कोशीले ट्रफी , मेडल ,प्रमाणपत्र र नगद ३ लाख प्राप्त गर्न सफल भएको थियो भने उपविजेता सुदूरपश्चिमले ट्रफी , प्रमाणपत्र , मेडल सहित १ लाख ५० हजार प्राप्त गरेको थियो ।

त्यस्तै , प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल मधेश प्रदेशलाई ट्रफी , मेडल , प्रमाणपत्र सहित ७५ हजार नगद र चौथो स्थामा रहन सफल बाग्मती प्रदेशलाई ट्रफी , मेडल , प्रमाणपत्र र नगद ५० हजार प्रदान गरिएको कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य थलु राजभण्डारीले जानकारी दिनु भयो ।
प्रतियोगिताको उत्कृष्ट स्पाइकर मधेश प्रदेशकी नेहा चौधरी , उत्कृष्ट सेटर सुदूरपश्चिमकी रेखा ठगुन्ना , उत्कृष्ट सर्भर सुदूरपश्चिमकी रितिका कडायत , उत्कृष्ट ब्लकर कोशीकी सुनिता राई हुनुभएको थियो ।

त्यस्तै , उत्कृष्ट प्रशिक्षक कोशीका शैलेन्द्र श्रेष्ठ , उत्कृष्ट डिफेन्डर कोशीकी मोनिका श्रेष्ठ र उत्कृष्ट खेलाडी कोशीकी सुनिता खड्का हुन सफल रहनु भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी चयन हुनु भएकी खड्कालाई नगद २० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो भने अन्य विधाका उत्कृष्ट रहन सफल खेलाडी प्रशिक्षकलाई ट्रफी , प्रमाणपत्र सहित नगद ५ हजार प्रदान गरिएको राजभण्डारीले बताउनु भयो ।

प्रतियोगितामा विजयी तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई कोशी प्रदेशका समाजिक विकास मन्त्री पाँचकर्ण राई , कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेत लगायतले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०७-११ , समय : २०:२९:१८ , ६ महिना अगाडि