विराटनगर : महिला सांसदहरुको क्षमता वृत्तिविकास गर्ने उद्धेश्यले कोशी प्रदेशमा महिला सांसद मञ्च गठन भएको छ ।शुक्रबार प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारको नेतृत्वमा महिला सांसद मञ्च गठन भएको हो । उक्त मञ्चमा प्रदेशसभाका ३३ जना महिला सांसद छन् । मञ्चले सदनमा महिला सदस्यहरूको वृत्ति विकासदेखि साझा सवाललाई मुखरित गर्ने लक्ष्य राखेको संयोजक दनुवारले बताइन् ।
प्रकाशित मिति: २०२४-०७-११ , समय : २०:१९:१२ , ६ महिना अगाडि