सहकारी क्षेत्रका कानून सुधार,संस्थागत परिचालन र संस्था सञ्चालनको विषयमा अनुसन्धान गर्न अर्थ मन्त्रालयले सुझाव दिएको छ ।बिहीवार बसेको सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा अर्थ मन्त्रालयमा सचिव मधुकुमार मरासिनी,राजश्व सचिव डा.रामप्रसाद घिमिरे लगायतले समितिलाई यस्तो सुझाव दिएको सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।
उनले सहकारीमा भएका कानूनी सुधार र संस्थागत परिचालन र संस्था सञ्चालनका विषयमा अनुसन्धान गर्न सुझाव आएको बताए । उनले सहकारी नियमनकारी निकाय कमजोर भएको अवस्थामा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरुले मौका छोपेको देखिएको बताए ।
उनले सहकारीहरुले नाम मात्रैको सञ्चालक राख्ने,आफू र आफ्ना नातागोतालाई सहकारीको ऋण प्रवाह गर्ने गरेको र वचत परिचालनबाट व्यक्तिगत सम्पती आर्जन गर्ने, निजीकरण गर्ने,निजी सम्पती बैंकमा राखेर धितो लिने,संस्थागत संलग्नता नहुने, धितो लिलाम गर्दा बाफिया कानून अन्तरर्गत गर्ने र वचतकर्ता बेखबर हुने र ठगिएर वचत संकटमा पर्ने गरेको विभिन्न छलफलबाट जानकारी पाएको बताए ।
प्रकाशित मिति: २०२४-०७-११ , समय : १७:२०:०९ , ६ महिना अगाडि