विराटनगर । सार्वजनिक संरचनाहरुलाईबहुप्रकोपबाट सुरक्षितबनाउन सबै लागत साझेदारहरु विच सहकार्य आवश्यकभएको मोरडका जनप्रतिनिधिहरुले जोड दिएका छन ।
बुधबार राष्ट्रिय विपदप्राधिकरणले पहिलो पटक स्थानिय स्तरमाआएर विराटनगरमागरेको छलफलमा मोरडका जनप्रतिनिधिहरुले आफनो पालिकामा रहेका सार्वजनिक संरचनाहरु विद्यालय , अस्पताल , स्वाथ्यचौकी ,प्रहरी चौकी र सरकारी भवनहरुलाई बहुप्रकोपतबाट सुरक्षितबनाउनलागत साभेदारहरु विच सहकार्य हुनुपर्नेमा जोड दिएकाहुन ।
विराटनगर महानगरपालिकाप्रमुखनागेश कोइरालाले आफ्नो तहमाभएकासार्वजनिक संरचनाहरुको सुरक्षाकालागिआवश्यककदमचाल्नआफुरु प्रतिबद्ध रहेको र संघ , प्रदेश र दातृ निकायहरुसँग लागत साझेदारी गर्न तयार रहेको बताए । उनले सार्वनिक संरचनाहरु ऋझै आगालागि , बाढीपहिरो ,चटयाड , भुकम्पआदिप्रकोपको जोखिममा रहेकोले मापदण्ड पुरयाएर सुरक्षितबनाउन बजेट विनियोजन गर्र्ने बताए । प्रमुखकोइरालाले भने , ‘हामीआफना संरचनालाई बहुप्रकोपबाट सुरक्षितबनाउन संबेदनशिल छौ तर संघ र प्रदेशले पनिलागतमा सहयोग गर्नुपर्छ । ’
कटहरी गाउँपालिकाअध्यक्षदेवराज चौधरीले स्थानियतहमा रहेका सार्वजनिक संरचनाहरुलाई बहुप्रकोपबाट सुरक्षितबनाउन स्थानिय सरकारको बजेट मात्रपर्याप्त नहुने भएकोले संघ प्रदेश सरकार र दातृ निकायहरुले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।
जिल्लाविपद् व्यवस्थापन समितिमोरङका अध्यक्षएवं प्रमुखजिल्लाअधिकारी प्रेम प्रसाद भट्टराईले सार्वजनिक संरचनाहरुलाई बहुप्रकोपबाट सुरक्षितबनाउनतोकिएको मापदण्ड पुरा हुनुपर्ने भएकोले स्थानीयतहको प्राविधिकक्षमताअभिबृद्धि गर्न विपदप्राधिकरणले कार्यक्रमसञ्चालन गर्नुपर्ने सुझावदिए ।छलफलमा मोरङका विभिन्ननगरपालिकाकाप्रमुख, गाउँपालिकाकाअध्यक्ष, नगरपालिकाकाउपप्रमुख, गाउँपालिकाउपाध्यक्ष, जिल्लास्थित सुरक्षाअंगकाप्रमुख, स्थानीयतहकाविपद् फोकलहरु, स्थानीयतहकाप्राविधिकएवं संचारकर्मीहरुको सहभागिताथियो ।
राष्ट्रिय विपदप्राधिकरणका कार्यकारी प्रमुखअनिलपोखरेलले देशभरिका सार्वजनिक संरचनाहरु विपदको बहुप्रकोपको जोखिमा रहेकोले सुरक्षितबनाउनदेशभरि सर्बेक्षण थालेको र सर्वेक्षणको नतिजाअनुसार सामुदायिकएवं संस्थागतविद्यालय, अस्पताल एवं स्वास्थ्यचौकी, सरकारी कार्यालयहरुलाई बहुप्रकोपको जोखिमबाट सुरक्षितबनाउनअनुमानितलागततयार गरेर पुनर्निर्माण गराउन स्थानियतहलाई आवश्यक परामर्श सहित सहयोग गर्ने लागिपरेको बताए । आफनो तहमा रहेका सार्वजनिक संरचनाहरुको अवस्थाबारे चासो दिएर योजनाबनाएमाबहुप्रकोपबाट सुरक्षितबनाउन सहजहुने भएकोले स्थानिय सरकारहरुले गम्भिररुपमालिनकार्यकारी प्रमुखपोखरेलले जनप्रनिधिहरुलाई आग्रह गरे ।
प्राधिकरणका प्राविधिकतथाउपसचिव सुदीपविक्रमभट्टकाअनुसार हालसम्म १ सय ४५ वटा पालिकाहरुहरुमा गरेको अध्यनअनुसार प्राय संरचनाहरुमा सुरक्षति मापदण्ड नपुगेकोले बहुप्रकोपको जोखिममा रहेको पाइएको जानकारी गराए । प्राविधिक सहसचिवअर्जुन कुमार बमले चाँडै मापदण्ड पुरयाउनचासो नदिएमा सार्वजनिक संरचनाहरु कुनैपनि बेलाबहुप्रकोपमा पर्नसक्ने र त्यसबाट आर्थिक र भौतिकमात्रनभएर मानवियक्षति समेत हुनसक्ने बताए ।उपसचिव हिरादेवीपौडेलले सार्वजनिक संरचनाहरुलाई बहुप्रकोपबाट सुरक्षितबनाउनस्थानियतहसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको भन्दै पालिकाहरुलाई निरन्त अवस्था सहित योजनाबारे जानकारी गराउनआग्रहगरिन ।
विपदप्राधिकरणले २०७९ को मध्यदेखि २०८० को सुरुसम्म देशका १ सय ४५ वटा पालिकाहरुमा रहेका सार्वजनिक संरचनाहरुको विपदको बहुप्रकोपको अवस्थाबारे द्रुत दृश्यात्मक सर्वेक्षण गरेको थियो । उक्त्तनतिजाबारे जानकारी गराउदै सार्वजनिक संरचानाहरुलाई बहुप्रकोप मुक्त्तबनाउनप्राधिकिरणले जिल्लामै पुगेर सबै स्थानीयतहकाप्रमुखएवं प्रतिनिधिको उपस्थितिमा छलफल चलाउनथालेको हो ।
विपदप्राधिकरणको सर्बेक्षण अनुसार मोरडका १७ बटै पालिकाहरुमा रहेका सार्वजनिक संरचनाहर धेरै जसो बहुप्रकोपको जाोखिमा छन । ती संरचनाहरुमाप्रकोपबाट सुरक्षितबनाउने मापदण्डहरु पुरा गरिएका छैनन । यसैले विपदबाट सुरक्षितबनाउन संरचनाहरु नयाँनिर्माण , पुर्न निर्माण र मरम्मतगनुपर्ने अवस्थामा रहेको छ ।सार्वजनिक संरचनाहरुको बहुप्रकोपको अवस्थाको सर्बेक्षण नजिता सार्वजनिकगर्दै बुधबार प्राधिकरणले विराटनगरमा गरेको पहिलो छलफलमा मोरङका १७ बटै पालिकाहरुकाप्रमुख , उपप्रमुख र कार्यकारी अधिकृतहरु सहभागी थिए
प्रकाशित मिति: २०२४-०७-१० , समय : १९:२२:२९ , ६ महिना अगाडि