नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रचण्डलाई विश्वासको मत नदिन एमालेले ह्विप जारी गरेको हो ।
स्पष्ट अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।प्रधानमन्त्रीले विश्वासको मत लिने दिन अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।प्रचण्ड सरकार ढलेपछि काँग्रेससँगको सहमति अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै छन् ।
प्रकाशित मिति: २०२४-०७-१० , समय : १४:०८:४० , ६ महिना अगाडि