जिम्मेवार भएर नागरिकको सेवामा लाग्न कर्मचारीहरूलाई मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका संरचनाका कर्मचारीले सहकार्य, सहस्तित्व र सम्बन्धमा काम गर्नुपर्ने बताएका छन् ।बुधबार तेह्रथुममा कर्मचारीहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले तीनै तह मिलेर काम गर्दा नागरिकलाई सहज हुने बताए ।

सबै कर्मचारी जिम्मेवार नागरिक भएकाले सोही अनुरूप नागरिक सेवामा लाग्न उनले कर्मचारीहरूलाई निर्देशन दिए।यस्तै मुख्यमन्त्री कार्कीले पहाडमा बसाईसराईको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै बसाईसराई रोक्ने गरी काम गर्नुपर्ने अवस्था आएको धारणा राखे ।

अर्को प्रसङ्गमा उनले असारे विकास प्रवृत्तिलाई रोक्नका लागि आगामी साउनदेखि नै कार्ययोजना बनाएर १ करोड माथिका योजना पहिलो चौमासिकमै कार्यान्वयनमा लैजाने बताए । उनले त्यसका लागि आवश्यक पर्ने विधि प्रक्रिया टुङ्ग्याएर काम चाँडै थाल्ने बताए ।

प्रकाशित मिति: २०२४-०७-१० , समय : ११:३५:२३ , ६ महिना अगाडि