नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ।आज बुधबार दिउँसो २ बजे दलकै कार्यालयमा बस्ने बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतबारे छलफल हुनेछ।
यसअघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रहेको नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो। आजको बैठकमा सोही विषयमा छलफल हुनेछ।
एमालेले माओवादीसँगको गठबन्धन छाडेर नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाउँदै छ । यसका लागि कांग्रेस र एमालेबीच सहमति भइसकेपछि एमालेका मन्त्रीहरूले राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन्।
प्रकाशित मिति: २०२४-०७-१० , समय : ११:३०:२९ , ६ महिना अगाडि