काठमाडौं । नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ ।
केन्द्रीय कमिटीको बैठकले सत्यतथ्य छानबिनको लागि समिति बनाउन माग गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो ।
कांग्रेसले मृतकका परिवारका एकजनालाई रोजगारी र उचित क्षतिपूर्तिको समेत माग गरेको छ ।
प्रकाशित मिति: २०२३-१२-३१ , समय : १५:३९:१७ , १२ महिना अगाडि