मैथिल सञ्चारकर्मीको दोश्रो संस्करणको घुरतप्पा वनभोज सम्पन्न

विराटनगर । मैथिल सञ्चारकर्मी संघ नेपालको आयोजनामा दोश्रो संस्करणको घुरतप्पा वनभोज सम्पन्न भएको छ ।संघको आयोजनामा सुनसरीको बर्जु गाउँपालिकामा रहेको पर्यटकियस्थल बर्जुतालमा घुरतप्पा–२ सम्पन्न भएको हो । पुष १४ गते सम्पन्न भएको वनभोजमा मोरङका साथै सुनसरीको दक्षिणी पालिकाका समेतगरि ४ दर्जन बढी पत्रकार, सञ्चारकर्मी र शुभेच्छुकहरुको सहभागिता थियो ।

वनभोजमा सहभागि सञ्चारकर्मीहरुले आगामी दिनमा आपसी सहकार्यका बिषयमा जोड दिएका छन । बाहिरी सहयोग संकलनको साटो आफु भित्रैबाट नगद तथा जिन्सी सहयोग संकलनगरि सबैको स्वामित्व र अपनत्व हुनेगरि संघले योगदानमा आधारित वनभोजको थालनी गरेको संघका अध्यक्ष नवीन कर्णले बताउनुभयो ।वनभोज मनोरंजन गर्ने माध्यमका साथै आपसी विचारविमर्श गर्न साहायक हुने गरेकाले आगामी दिनमा समेत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आयोजक संस्थाका सल्लाहकार अरविन्द मेहताले बताउनुभयो । सुनसरी मोरङका साथै अन्य क्षेत्रमा समेत छरिएर रहेका मैथिल पत्रकार तथा सञ्चारकर्मीहरुलाई संघले समेटेर अघि बढ्ने महासचिव वीरेन्द्र साहले जानकरी दिनुभयो ।

वनभोजमा चर्चित पत्रकार सोनूकुमार दासले आफैले मासुको परिकार बनाएर सहभागिलाई पस्किएका थिए भने सहभागि सबैले दक्षता अनुसारको योगदान दिएका थिए । सो अवसरमा नाचगान गरेर मनोरंजन समेत गरिएको थियो । यसअघि २०७९ सालमा मोरङको कटहरी गाउँपालिकाको महेशपुरमा घुतप्पाको पहिलो संस्करणको वनभोज आयोजना गरिएको थियो ।

प्रकाशित मिति: २०२३-१२-३१ , समय : १५:१८:११ , १२ महिना अगाडि