काठमाण्डौं : नेपाल खेलकुद महासंघले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई राष्ट्रिय खेलकुद प्रतियोगिता लगायतको मिति तोक्न माग गर्दै ध्यानाकर्षण पत्र पठाएको छ । आज महासंघको कार्यवाहक अध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा गएको महासंघको टोली मन्त्री चौधरीको ध्यानाकर्षण गराएको हो ।
त्यस्तै , महासंघले राष्ट्रिय खेलकुद प्रतियोगिता अगाडी प्रदेशहरूमा पठाउनु पर्ने बजेट अविलम्ब पठाउनु पर्ने , राष्ट्रिय खेलकुद परिषद्को बैठक बोलाउनु पर्ने , राखेपमा रिक्त पदमा यथासिध्र नियुक्ति गर्नु पर्ने लगायत बिषयमा मन्त्रीको ध्यानाकर्षण गराएको हो ।
त्यस्तै , महासंघले खेलाडीको विदेश पलायनलाई रोक्न मन्त्रालयले नीति निर्माण गर्नु पर्ने तथा राष्ट्रपति रनिङ्ग शिल्ड लगायत प्रतियोगितामा कटौती गरेको बजेट थप्नु पर्ने लगायत बिषयमा ध्यानाकर्षण गराएको कार्यवाहक श्रेष्ठले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२४-११-२५ , समय : १९:१४:३९ , ४ हप्ता अगाडि