‘मेरो घर तथा व्यवसायमा बाल श्रममुक्त छ ’भन्ने अभियानको बर्जुमा संयुक्त अनुगमन

२० असार । बर्जुमा बाल श्रम मुक्त क्षेत्रका लागि अनुगमन गरिएको छ । बर्जुको चिमडीमा रहेको किराना पसल तथा होटलहरुमा बाल श्रम प्रयोग गरिएको छ कि छैन् भन्ने बारेमा बर्जु गाउँपालिकाका उपाध्यक्षसहितको टोलीले संयुक्त रुपमा अनुगमन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मन्जु शर्माले जानकारी दिएकी छिन् ।

यस्तै बर्जु १ मा रहेको सेन्चुरी प्लाई इन्डसट्रिज प्रालिमा पनि अनुगमन गरिएको थियो । घर तथा व्यवसायमा बाल श्रम प्रयोग नगरौ भन्ने स्टिकर लेखिएको कार्ड पसल तथा घरमा टाँस समेत गरिएको थियो । १४ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाए २ महिना देखि १ वर्ष जेल सजाय र ५० हजार जरिवाना समेत हुने कानुनी व्यवस्था रहेको छ ।

यस्तै बाल विवाह नगरौ भन्ने स्टिकर समेत बर्जुका ६ वटै वडा मार्फत घर घरमा टाँसिने कार्य समेत गर्दै आएको शर्माले जानकारी दिएकी छिन् । अनुगमन कार्यक्रममा उपाध्यक्ष नितु कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतम,प्रसाशन प्रमुख सन्तोस बनजारा, सामाजिक अभियन्ता दयालाल चौधरी,पत्रकार मनोज मेहता र बर्जु गाउँपालिकाको अन्य शाखा प्रमुखहरुले संयुक्त रुपमा अनुगमन गरेको थियो ।

प्रकाशित मिति: २०२४-०७-०४ , समय : २०:४१:५३ , ६ महिना अगाडि