जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरुलाई सेवाग्राहीसँग घुसवापत लिएको २० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे रहेका छन् ।
सेवाग्राहीसँग जग्गासम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति: २०२४-११-१२ , समय : १६:१६:१४ , १ महिना अगाडि