अरबिन्द मेहता,१९ असार । गढी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार गढि गाउँपालिकामा अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको अध्यक्ष आस नारायाण चौधरीले बताए । चौधरीले भने ‘ गढी गाउँपालिका जवाफदहिता पारदर्शिता र सुशासनको सवालमा प्रतिवद्ध रहेको छ ।’ कार्यक्रममा गढी गाउँपालिका उपाध्यक्ष अनिता कुमारी साहले बोल्दै भनिन ‘ हामीले जनताका विकासका चाहना पुरा गर्ने अभियानमा लागेका छौ । कतिपय काम निर्माणको चरणमा रहेकोले गर्दा सोचै अनुरुप जनताले विकासको अनुभुति गर्न नसकेको हो ।’ साहले थप जोड दिदै भनिन हामीले क्रमस ५ वर्षमा जनतालाई अनुभुति हुने विकासको काम देखाउने प्रतिवद्धता समेत व्यक्त गरिन । सार्वजनिक सुुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार मनोज मेहताले गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा गढिका सय जना भन्दा बढि सरोकारवालाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-०७-०३ , समय : १९:३५:२९ , ६ महिना अगाडि