निरन्तरको वर्षाले सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन् । पानीको सतह र बहाव बढेपछि ब्यारेजको दुवैतर्फ रातो बत्ती बालेर खतराको संकेत दिइएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद तिवारीकाअनुसार शनिबार बिहान साढे आठ बजेको मापनअनुसार कोशीमा पानीको बहाव ४ लाख १८ हजार २ सय ८५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ ।
प्रकाशित मिति: २०२४-०९-२८ , समय : ०९:३३:३७ , ३ महिना अगाडि