स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।

निर्वाचन आयोगमा हाल दर्ता कायम रहेका दलहरूले उपनिर्वाचन प्रयोजनका लागि असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ता गराउनु पर्ने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । दल दर्ताका लागि आयोगले तोकेका कागजात बुझाउनुपर्नेछ ।

प्रकाशित मिति: २०२४-०९-२५ , समय : ०९:५८:३६ , ३ महिना अगाडि