रविलाई सहकारी छानविन संसदीय समितिको क्लिन चिट !

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितले प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई क्लिन चिट दिएको रास्वपाका तर्फबाट सदस्य बनेका शिशिर खनालले दाबी गरेका छन् ।

लामिछानेले सहकारीको रकम हिनामिना नगरेको निष्कर्ष प्रतिवेदनले निकालेको खनालको दाबी छ । सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको रकम खर्च गर्ने सवालमा मात्रै लामिछाने जिम्मेवार देखिएको उनले बताए ।

‘एमडीको हैसियतमा रकम खर्च गर्दा यदि कुनै कानूनी दायित्व सिर्जना हुन्छ भने त्यो बहन गर्नुपर्छ भनेर लेखिएको र सहकारीको रकम अपचलनमा सभापति रविमाथि कुनै पनि कारवाही गर्न सिफारिस नभएको उनले बताए ।
पत्रकारको सवालमा उनले जवाफ दिए,- ‘जुन आरोप उहाँलाई लगाइएको थियो, हामीसित हिनामिनाको तथ्यप्रमाण छ भनिएको थियो, त्यसबाट पूर्णरुपमा क्लीनचिट पाउनुभएको छ ।’

प्रकाशित मिति: २०२४-०९-१६ , समय : १५:१९:१६ , ३ महिना अगाडि