काँगेसका एक राज्यमन्त्री र तीन मन्त्रीले लिए सपथ

विराटनगर । कोशी सरकारमा सत्ता साझेदारी सुरु गरेको झण्डै २ महिनापछि नेपाली काँग्रेस सहभागी भएको छ। आज एक जना राज्य मन्त्री र तीन मन्त्रीले सपथ लिनुभएको छ । नव नियुक्त मन्त्रीहरूलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको भयो ।

नेपाली काङ्ग्रेसबाट खोटाङका भूपेन्द्र राईको नेतृत्व चार जना सरकारमा सहभागी भएका छन् । राई भौतिक पूर्वाधार मन्त्री बन्दा, सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री र ताप्लेजुङका खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको हो ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशी नियुक्त भएका छन् । आन्तरिक विवादका कारण काँग्रेसले मन्त्री छान्न नसक्दा कोशी प्रदेशमा लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

नेपाली काँग्रेसको कोटामा रहेको स्वास्थ्य मन्त्रालयमा भने अझै मन्त्री नियुक्त हुन सकेको छैन । नेपाली काँग्रेस भित्र कुरा नमिल्दा यो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारीमा राखिएको छ।

प्रकाशित मिति: २०२४-०९-१३ , समय : १३:५६:५० , ३ महिना अगाडि