कर वृद्धीको विरोधमा काँग्रेसले गर्यो रंगेलीमा चक्काजाम

विराटनगर । कर वृद्धिको विरोधमा मोरङको रङेली नगरपालिकामा नेपाली काँग्रेसले एकसाताबाट सुरु गरेको आन्दोलन चर्किएको छ । करवृद्धीको विरोधमा काँग्रेले अन्दोलन थालेको हो । आन्दोलनका कारण नगरपालिकाको काम काज ठप्प भएको छ । आन्दोलनकारीहरुले आज बजार र यातायात समेत बन्द गरेका छन् ।

आन्दोलनकारीले बिहान कर्मचारीमाथि हातपात एवं दुर्व्यवहार गरेका छन् । रङेली नगरपालिकाका प्रवक्ता ढकप्रसाद आचार्यले आन्दोलनकारी नगरपालिका गेटमा बसेर कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गरेको बताउनुभयो ।

त्यस क्रममा १ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिकाले विभिन्न शीर्षकमा कर वृद्धि गरेपछि आन्दोलन सुरु भएको हो । आन्दोलनमा ऐक्यबद्धता जनाउन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासमेत गत बुधवार पुग्नु भएको थियो ।

धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदार पनि बिहीबार आन्दोलनमा साथ दिन पुग्नु भएको थियो । एक पालिकाका प्रमुख अर्काे पालिकामा गएर अन्दोलन गर्न थाले पनि विवादित बन्दै गएका छन् ।

प्रकाशित मिति: २०२४-०९-१३ , समय : १३:५४:४७ , ३ महिना अगाडि