टी-२० विश्वकप अन्तर्गत फाइनलमा आज राति ८ः१५ मा भारत र दक्षिण अफ्रिका उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। फाइनलको दिन वर्षाको सम्भावना ५१ प्रतिशत रहेको छ। खेल हुनु एकदिन अघि फाइनल खेल्ने तय भएको ब्रिजटाउनमा भारी वर्षा भएको थियो। यदि वर्षाका कारण आज खेल सम्भव नभए या बीचमै खेल रोकिए ३० जुन अर्थात भोलि खेल हुनेछ।
फाइनलका लागि भोलिलाई रिजर्व डे राखिएको छ। फाइनल खेलका लागि १ सय ९० मिनेट अतिरिक्त समय राखिएको छ। टि-२० खेल दुबै टीमले पुरै ब्याटिङ गरेकमा ३ घण्टा १० मिनेटमा सकिन्छ।
प्रकाशित मिति: २०२४-०६-२९ , समय : १६:१३:४८ , ६ महिना अगाडि