कोशीका पूर्व मुख्यमन्त्रीले थाले अनसन

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन थालेका छन् । आफू मुख्यमन्त्री हुँदा सुरू गरेका योजना कटौती गरेको भन्दै प्रदेशसभा अगाडि बनस्खण्डी मन्दिर नजिकै उनले अनशन सुरू गरेका हुन् ।

कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष ९ वटा माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए । उनले आफ्ना माग पूरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

कार्कीले अनशन बस्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसोबाट अनिश्चितकालीन निषेधादेश जारी गरेको छ । पूर्वमुख्यमन्त्री कार्कीले १० वर्षमुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम कटौती गरिएको दाबी गरेका छन् ।

प्रकाशित मिति: २०२४-०९-१० , समय : १७:२४:०७ , ३ महिना अगाडि