काठमाडौँ : नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पढ्न लेख्न जान्ने जनसङ्ख्या दुई करोड तीन लाख ७७ हजार ९८० छन् ।पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन् ।
सरकारले पहिलो पटक २०६५ सालमा निरक्षर अभियानको सुरुवात गरेको थियो । तर अभियान प्रभावकारी देखिएको छैन ।‘बहुभाषिक शिक्षाको प्रवर्धन : पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ आइतबार ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइरहँदा अभियानको समीक्षा सुरु भएको छ ।साक्षरता अभियानका लागि राज्यले झन्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ ।
प्रकाशित मिति: २०२४-०९-०८ , समय : १७:३६:३६ , ४ महिना अगाडि