आज गिद्ध दिवस मनाइँदै

गिद्ध संरक्षणका कार्यलाई थप प्रभावकारी, सचेतना प्रवाह र आम सरोकारको विषय बनाउने उद्देश्यले भदौ २२, अर्थात् सेप्टेम्बर ७ शनिबारको दिन १६औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालका साथै संसारभर मनाइँदै छ ।

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाइन्छ ।

यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवसबाट विकसित भई सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । नेपालमा पनि यस दिन सचेतनामूलक ¥याली, क्याम्पस तथा विद्यालयस्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरू, गिद्ध तस्बिर तथा चित्रकला प्रदर्शनी, गिद्ध महोत्सव, सडक नाटक, अन्तरक्रिया तथा रेडियो कार्यक्रम गरी मनाइँदैछ भने देशव्यापी गिद्ध गणना पनि गरिँदैछ ।

प्रकाशित मिति: २०२४-०९-०७ , समय : ०७:०९:०४ , ४ महिना अगाडि