मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा पाँच दिन अगाडी मृत फेला परेका २ नाबालिकाको हत्या आफ्नै आमाले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पतिको रिसका कारण आमा अस्मिता पौडेल (कार्कीले) १ वर्षीया छोरी आइङ्का र ३ वर्षीया छोरी अर्पणा कार्कीलाई विष खुवाएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
गत शनिबार सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरूको शव भेटिएको थियो । छोरीहरू मृत फेला परे पनि आमा अस्मिता सम्र्पकविहीन थिइन् । घटनापछि फरार बनेकी उनलाई पाँच दिनपछि बुधबार झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्ग नजिक एभरेष्ट बैंक अगाडि हिँडिरहेका बेला फेला पारिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ परेकी अस्मितालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।
प्रकाशित मिति: २०२४-०९-०४ , समय : १९:३२:५९ , ४ महिना अगाडि