बर्जु । बर्जुमा ८ दिने नाट्य कार्यशाला सम्पन्न भएको छ । नागरिक नाट्य कला केन्द्रको आयोजनामा बर्जुका २४ जना नाट्यकर्मीहरुलाई तालिम प्रदान गरिएको अध्यक्ष जितेन्द्र सरदारले जानकारी दिएका छन् ।
जेठ ३० गतेदेखि असार ५ गते सम्म नवदुर्गा माध्यमिक विधालय बर्जु १ को सभाहलमा कार्यशाला संचालन गरिएको अध्यक्ष सरदारले बताएका छन् । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगरको १ लाख ५० हजारको अनुदानमा नागरिक नाट्य कला केन्द्रले नाट्य कार्यशालाको आयोजना गरेका थिए । कलाकार रुपेश झाले नाट्य कार्यशालाको प्रशिक्षण गरेका थिए ।
कार्यशालामा विप्द व्यवस्थापन विषयक नाट्क तयार गरि बर्जुका विभिन्न विधालयमा प्रर्दशन गरिने प्रशिक्षक रुपेश झाले नेशनल सञ्चारलाई जानकारी दिएका छन् ।
यो कार्यशालाले आफु भित्र रहेको कलाको बारेमा थाहा पाएको र आगामी दिनमा विधालयमा हुने विभिन्न कार्यक्रमहरुमा प्रस्तुति दिने सहभागी प्रियका यादवले बताएका छिन् । मिथिला कला संस्कृतिलाई नाटकको माध्यमबाट उजागर गर्न सहयोग पुगेको अन्जना रायले बताएकी छिन् ।
प्रकाशित मिति: २०२४-०६-२४ , समय : १८:५०:०६ , ६ महिना अगाडि