सुशील प्याकुरेलद्वारा राजदुत पद अस्वीकार

काठमाडौं। सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् । राजदूतमा नियुक्त गर्नु अघि आफूसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन्।

उनले राजदुत नियुक्ति सम्बन्धि विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदुतको कार्यकालको विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको बताएका छन्। सरकारले गएको शुक्रबार उनलाई दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति: २०२४-०६-२४ , समय : १८:१२:०४ , ६ महिना अगाडि