मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मधेशका मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता गरेको छ ।
पछिल्लो समय मधेशका मन्त्रालयहरुको कार्यक्रम तथा योजनाहरु समयमै सम्पन्न नहुने, बजेट अत्याधिक मात्रामा फ्रिज हुने लगायतका समस्या समाधान गर्ने उद्देश्यले सम्बन्धित मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता गरिएको हो ।
मन्त्रालयहरुको कार्य सम्पादन मजबुत बनाउन सम्बन्धित मन्त्रीहरुसँग सम्झौता गरिएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभयो ।
मन्त्रालयका योजनाहरु कार्यान्वयनमा के कारणले र कसको कारणले ढिलाई वा समस्या भइरहेको छ रु भन्ने पत्ता लगाउन र सोको समाधान गर्न सहज हुने बताउनुभयो ।
प्रकाशित मिति: २०२४-०८-२० , समय : ०९:१३:०४ , ४ महिना अगाडि