विद्यार्थीहरुको चेतावनीका बीच बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनले अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुललाई राजीनामा पत्र बुझाएका हुन् ।
विभेद विरोधी आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरी पदबाट हट्न माग गरेसँगै प्रधानन्यायाधीश हसनले राजीनामाको घोषणा गरेका हुन् । उनीमाथि पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा काम गरिरहेको आरोप छ ।
प्रकाशित मिति: २०२४-०८-१० , समय : १६:४५:३८ , ५ महिना अगाडि