केटाले बिहे गर्न नमानेपछि युवतीद्वारा माइतिघरको पोलबाट हाम फाल्ने प्रयास

काठमाडौंको माइतीघरस्थित राष्ट्रिय झण्डा राखिएको पोलमा चढेर एक महिलाले हाम फाल्ने प्रयास गरेकी छिन् ।शनिबार दिउँसो पोलमा चढेर हाम फाल्ने प्रयास गरेकी सहारा शाहीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

२ वर्षसम्म लिभिङ रिलेशनमा बसेका पुरुषले विवाह गर्न नमानेको भन्दै उनी उक्त पोलमा चढेकी हुन् ।विगत एक महिनादेखि उनी माइतीघरमा धर्ना बस्दै आएकी थिइन् । माइतीघरमा आफूले छाडेको ब्यानर हराएको भन्दै उनी शनिबार उनी पोलमा चढेकी प्रहरीले जनाएको छ ।​

प्रकाशित मिति: २०२४-०८-१० , समय : १६:४०:३९ , ५ महिना अगाडि