विराटनगर : नेकपा एमाले विराटनगर महानगरपालिका वडा नं ६ कमिटीले ज्येष्ठ नागरिकहरूलाई एक दिने तीर्थ यात्रा गराउने भएको छ । वडा कमिटीले आज विराटनगरबाट सुरू भएर सुनसरीको चतरा स्थित बराह क्षेत्र हुँदै धरान स्थित पिण्डेश्वर मन्दिर सम्म एक दिने तीर्थ यात्रा गराउने भएको हो ।
वडा कमिटीका अध्यक्ष नारायण बरालका अनुसार वडामा बसोबास गर्नु हुने १ सय ५० भन्दा बढी ज्येष्ठ नागरिकहरूको तीर्थ यात्रामा सहभागिता रहेको छ । साउनको सोमबार धरानको पिण्डेश्वरमा भिड हुने र ज्येष्ठ नागरिकहरूलाई दर्शन गर्न असुविधा हुने भएकोले शनिबारको दिन पारेर तीर्थ यात्रामा लगिएको अध्यक्ष बरालले जानकारी दिनु भयो । वडा कमिटीले ज्येष्ठ नागरिकहरूलाई विराटनगर देखी बराह क्षेत्र हुँदै पिण्डेश्वर सम्म पुर्याउन ४ वटा बसको व्यवस्था गरेको छ ।
तीर्थ यात्रामा सहभागी ज्येष्ठ नागरिकहरूलाई नेकपा एमाले प्रदेश सचिवालय सदस्य तथा मोरङ क्षेत्र नं ६ इञ्चार्ज पर्शुराम बस्नेतले विराटनगरबाट विदाई गर्नु भएको थियो । बस्नेतले तीर्थ यात्रीहरूलाई सुखद यात्राको कामना गर्दै पार्टीले आगामी दिनहरूमा थप ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी गराउनु भएको थियो ।
प्रकाशित मिति: २०२४-०८-१० , समय : १३:३९:२३ , ५ महिना अगाडि