नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ अघि आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन्। उनले भोलिको समयमा पार्टी पहिलो भएर आएमा त्यसबारे सोच्ने बताए।
बुधबार पेरिसडाँडामा आयोजित हुम्ला-काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘हामीले हतार गर्ने बेला छैन। कतिपयलाई लाग्ला। ०८४ सम्म प्रधानमन्त्री हुन्न। पुग्यो अहिलेलाई।’
अब जनतामा जाने र एक नम्बर पार्टी भयो भने के गर्ने त्यहीबेला सोच्ने बताए । उनले भने, ‘मलाई डर के छ भने हामी जनता खोज्दै जान्छौँ। तर, सरकार हामीलाई खोज्दै आउँछ कि भन्ने छ।’
उनले सरकारमा भएकाहरू काँप्दै बसिरहको आरोप पनि लगाए। उनले भने, ‘हामी सरकारबाट बाहिरिँदा जितेकै ढंगबाट निस्कियौँ। तर सरकारमा गएकाहरू लगलग कापिरहेको अवस्था छ ।’
प्रकाशित मिति: २०२४-०८-०७ , समय : १८:१२:३१ , ५ महिना अगाडि