रास्वपाको राष्ट्रिय महाधिवेशन वैशाख तेस्रो साता गर्ने प्रस्ताव

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख तेस्रो साता पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

शनिबार सम्पन्न पार्टीको बन्द कार्यशालाले पार्टीको महाधिवेशन गर्नेगरी मिति समेत तय गर्नेगरी पार्टीको कन्द्रिय समितिलाई सो सुझाव दिएको हो ।

त्यसैगरी बैठकले पार्टीको राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते आयोजना गर्ने निर्णय पनि गरेको छ । विधान संशोधन सुझाव कार्य दलको प्रतिवेदन भदौ मसान्त भित्र तयार गरी केन्द्रिय समितिमार्फत राष्ट्रिय भेलामा पेश गर्ने निर्णय पनि गरिएको पार्टीका कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

पार्टीको अर्थ राजनीतिक ९जलेश्वर० प्रश्तावनाको व्याख्या गरी पार्टीको बाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने, शासकीय स्वरुपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधन समेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने पनि बैठकमा सहमती भएको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन रास्वपाले जन आवाज अभियान समिति गठन पनि गर्ने भएको छ ।

रास्वपाले आगामी साता सातै प्रदेशमा पनि बन्द कार्यशाला आयोजना गर्ने र केन्द्रिय तहका नेताहरुलाई सहजीकरणका लागि परिचालन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: २०२४-०८-०४ , समय : २०:५३:५१ , ५ महिना अगाडि