सचिवलाई प्रधानमन्त्रीको निर्देशन- साँझ परेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति अब नगर्नु

प्रधानमन्त्री केपी शर्मा ओली कर्मचारीलाई साँझ ५ बजेपछि बैठक गरेर भत्ता लिने प्रवृति अन्त्य गर्न निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले नेपाल सरकारका सचिवलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘राज्यका मन्त्रालय र निकायमा तलब दिइएकाले बैठक आदिको भत्ता लिने गर्नु उचित हुँदैन । मुलुकमा २० प्रतिशत भन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनी छन्, आर्थिक अवस्था राम्रो छैन । हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनुछ । दिनभरी काम नगर्ने र साँझ ५ बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब नगर्नु ।’

प्रकाशित मिति: २०२४-०७-३० , समय : १९:२६:४२ , ५ महिना अगाडि