ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प

शनिबार राति ताप्लेजुङमा भूकम्प गएको छ।ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको छ।

गत असार २६ गते बेलुका पनि ४ .४ म्याग्निच्युडको भूकम्प यही पालिका आसपास भएर गएको थियो। २०६८ असोज १ गते बेलुका ६:२५ बजे यही पालिका केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी १ सय ११ को मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए।

प्रकाशित मिति: २०२४-०७-२८ , समय : ०९:२५:०० , ५ महिना अगाडि