महिला एसियाकप: नेपाल द्वारा पाकिस्तानलाई १ सय ९ रनको लक्ष्य

एसिसी एसियाकप टी-२० क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ वकेट गुमाएर १ सय ८ रन बनायो।

नेपालका लागि कविता जोशीले सर्वाधिक ३१ रनको नटआउट इनिङ खेल्दा सिता रानामगरले २६ रन बनाइन्। त्यस्तै पुजा महत्वले २५ रनको इनिङ खेलेकी थिइन्। पाकिस्तानका लागि सदिया इकबालले सर्वाधिक २ विकेट लिंदा फतिमा सानाले १ विकेट लिन्। नेपालका तीन ब्याटर रनआउट भएका थिए।

पाकिस्तान आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्ने प्रयासमा मैदान उत्रिंदै छ। पहिलो खेलमा भारतसँग हारेको पाकिस्तान नेपालालई हराएर सेमिफाइनल सम्भावना कायम राख्ने प्रयासमा रहने छ। नेपाल भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ।

प्रकाशित मिति: २०२४-०७-२१ , समय : २१:१३:०६ , ५ महिना अगाडि