सांसदले रोष्ट्रममै भने : मैले नै ५ हजार घुस दिएर आएँ

काठमाडौं । जनता समाजवादीका सांसद विरेन्द्र महतोले विचौलिया र भ्रष्टाचारले जरा गाडेको बताएका छन् । हालै मात्र आफूले ५ हजार रुपैयाँ घुस दिनु परेको उनले संसद्‌मै सुनाए ।विश्वासको मत लिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै जसपाका सांसद महतोले निजामती कर्मचारीको तलब निकै कम भएको बताए ।

तलब कम भएका कारण उनीहरूले घुस खाने गरेको भन्दै उनले भने, ‘म भूपू मन्त्री, मैले नै हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु ।’ उनका अनुसार छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे गएको छोरालाई त्यो मिलेन भनेर ३ बजेसम्म काम नगरिदिएको उनले बताए ।

प्रकाशित मिति: २०२४-०७-२१ , समय : १६:५२:१२ , ५ महिना अगाडि