गढी । सुनसरीको गढी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार गढी गाउँपालिकाको प्राङगनमा भएको कार्यक्रममा आर्थिक वर्ष २०८०–०८१ मा गढी गाउँपालिकाले संचालन गरेका कार्यक्रम तथा योजनाका बारेमा नागरिकलाई सार्वजनिक गरेका छन् ।
गढी गाउँपालिकाका अध्यक्ष आस नारायाण चौधरीले सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै भने ‘ सार्वजनिक सुनुवाई कार्यक्रमको माध्यमबाट पालिकाले पहिलो चौमासिकमा गरेका कार्यक्रमको प्रभावकारीताका बारेमा नागरिकलाई जानकारी गराउनु हाम्रो दायित्व हो । चौधरीले भने हामीले जनताको विकासको चाहना पुरा गर्न दिनरात नभनी लागीरहेको छौ र सार्वजनिक सुनुवाई कार्यक्रमको माध्यमबाट पालिकाको योजनाको कामको पछिल्लो अवस्था जानकारी गराई आगामी योजना निर्माण गर्न नागरिकको सल्लाह सुझावलाई अर्को सार्वजनिक सुनुवाई कार्यक्रम सम्म सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा गढी उपाध्यक्ष अनिता कुमारी साहले भनिन सामाजिक न्यायको क्षेत्रमा यस पालिकाले उल्लेखय काम गरिरहेको छ । र आगामी दिनमा महिलाका क्षेत्रमा धेरैकामहरु गर्दै जाने बताईन् । कार्यक्तमा गढी गाउँपालिकाका सबै शाखाका शाखाप्रमुखहरले पहिलो चौमासिकमा गरेका कामको विवरणनागरिकहरलाई जानकारी गराएका थिए भने नागरिकले राखेको प्रश्नको जनप्रतिनिधिहरु र कर्मचारीले जवाफ दिएका थिए । कार्यक्रमको सहजकर्ता पत्रकार मनोज मेहताले गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण कोचिला एफएमले गरेका थिए ।
प्रकाशित मिति: २०२४-०१-१४ , समय : १८:५५:०६ , ११ महिना अगाडि