मुगुमा भूकम्पको धक्का महसुस

काठमाडौं । मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

प्रकाशित मिति: २०२४-०७-१७ , समय : ०७:३५:४५ , ५ महिना अगाडि