कर्मचारीलाई सञ्चारमन्त्रीको पहिलो निर्देशन : नयाँ प्रविधिसँगै छिटोछरितो सेवा प्रवाह गर्नुहोस्

काठमाडौं ः सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जनका लागि समिति गठन गर्नेसम्बन्धी निर्णय गरेका छन्।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले सूचना प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानुनी व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रमका रहेका विषयलाई कार्यान्वयनका लागि डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जन गर्नुपर्ने भएकाले समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे। मन्त्री गुरुङले नयाँ प्रविधिको प्रयोग गरी छिटोछरितो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन समेत दिए।

प्रकाशित मिति: २०२४-०७-१५ , समय : १८:३७:०७ , ५ महिना अगाडि