एमालेले टुंगो लगायो ८ मन्त्रीको नाम

काठमाडौं। नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट आइतबार राति बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो।

एमालेले विष्णु पौडेल, मानवीर राई, पृथ्वीसुब्बा गुरुङ, विद्या भट्टराई, दामोदर भण्डारी, राजकुमार गुप्ता, बलराम अधिकारी देवेन्द्र दाहाल मन्त्री बन्ने भएका छन्। सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच आठ वटा मन्त्रालय एमालेले र ९ वटा कांग्रेसले लिने सहमति भएको छ। यो सूचीमा केही हेरफेर हुन सक्ने एमालेका एक पदाधिकारीले बताए।

अन्यको मन्त्रालय भने टुंगिसकेको छैन। एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला, शिक्षा, भूमि व्यवस्था, सञ्चार तथा सूचना प्रविधि र उद्योग मन्त्रालय पाउने सहमति भएको छ। प्रधानमन्त्री केपी ओलीले आज बिहान ११ बजे मन्त्रीसहित सपथ लिने तयारी गरेका छन्।

प्रकाशित मिति: २०२४-०७-१५ , समय : ०९:३२:५६ , ५ महिना अगाडि