घर फर्किए प्रचण्ड

संसद्‌मा विश्वासको मत नपाएपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका पुष्पकमल दाहालले सरकारी निवास छाडेका छन्।

विश्वासको मत नपाएपछि संसद भवनबाट सिधै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका दाहाल उतैबाट खुमलटार गएका हुन्। खुमलटारमा दाहालको निजी आवास छ।

शुक्रबार दाहालले प्रतिनिधिसभामा पेश गरेको विश्वासको मतको पक्षमा जम्मा ६३ मत परेको थियो भने विपक्षमा १९४ मत परेको थियो।

प्रकाशित मिति: २०२४-०७-१२ , समय : २०:२१:३१ , ५ महिना अगाडि