भ्रष्टाचार मुद्दामा जलाधार व्यवस्थापन अधिकृत पाललाई ६ महिना कैद र १ लाख २० हजार जरिवाना

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले बिहीबार पाललाई भ्रष्टाचार (रिसवत/घुस) मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख २० हजार जरिवानाको फैसला सुनाएको हो ।

विशेषका अध्यक्ष एवं न्यायाधीश टेक नारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले पाललाई दोषी ठहर गरेको हो । तटबन्ध निर्माणसम्बन्धी बिल भुक्तानीमा सहजीकरण गर्ने नाममा सेवाग्राहीबाट एक लाख २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि पालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख २८ मा विशेषमा आरोपपत्र दर्ता गराएको थियो ।

प्रकाशित मिति: २०२४-०७-१२ , समय : ११:५१:५७ , ५ महिना अगाडि