कांग्रेस–एमाले गठबन्धन सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गर्ने भएका छन् ।
सरकार बन्नुअघि नै यसबारे प्रतिक्रिया दिनु हतार हुने भएकाले नाम उल्लेख नगर्ने सर्तमा एमालेका एक प्रभावशाली नेताले जनताको वाक स्वतन्त्रतालाई ध्यानमा राख्दै अब बन्ने सरकारले टिकटकलाई खुला गर्ने जानकारी दिए । कांग्रेस–गठबन्धनको सरकार बनेपछि टिकटक खुला हुने उनले दाबी गरे । कांग्रेस र एमाले लोकतन्त्र र वाक स्वतन्त्रताका लागि लडेको पार्टी भन्दै उनले जनतामाझ लोकप्रिय बनेको सामाजिक सञ्जाल बन्द गर्नु अनुचित हुने भएकाले खुला गरिने बताए ।
यी सबैलाई ध्यानमा राखेर टिकटक खुला गरिने ती नेता बताउँछन् । सामाजिक सञ्जालमा प्रतिबन्ध होइन व्यवस्थित गर्नुपर्ने उनको बुझाइ छ । सामाजिक सञ्जालमा सक्रिय नेता नै प्रधानमन्त्री बन्ने भएपछि टिकटकमाथिको प्रतिबन्धबारे के हुन्छ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘सामाजिक सञ्जाललाई प्रतिबन्ध होइन व्यवस्थित गर्नुपर्छ । अब बन्ने सरकारले टिकटक खुला गर्छ । सम्भवतः सरकार गठनलगत्तै टिकटक खुला गर्ने निर्णय हुन सक्छ ।’
प्रकाशित मिति: २०२४-०७-१२ , समय : ०८:१६:३८ , ५ महिना अगाडि