विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मोरङको व्यस्थापनमा कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता सम्पन्न भएको छ । आज विराटनगरमा सम्पन्न समापन कार्यक्रममा विजयी खेलाडीहरूलाई ट्रफी , मेडल , प्रमाणपत्र हस्तान्तरण गर्दै प्रतियोगिता सम्पन्न भएको हो ।
प्रथम भारोत्तोलन प्रतियोगिताको पुरूष तर्फको स्पर्धाको ५५ किलो वजन समूहमा मोरङका अजित राजवंशी , ६१ किलो समूहमा झापाका चन्दन मुखिया , ६३ किलो समूहमा उदयपुरका रिवेश अधिकारी र ७३ किलो समूहमा मोरङका पियुस राजवंशी विजयी हुनु भएको थियो भने ८१ किलो समूहमा मोरङका कपिलेश्वर राजवंशी र ८९ किलो समूहमा झापाका प्रसिद्ध भक्तराज लाबतले विजय प्राप्त गर्नु भएको थियो ।
प्रतियोगिताको महिला स्पर्धाको ४५ किलो समूहमा जमुना क्षेत्री , ४९ किलो समूहमा सोनी देवी दास , ५५ किलो समूहमा करिना चौधरी र ५९ किलो समूहमा बिजुली थापाले जित निकाल्न सफल हुनु भएको थियो ।
त्यस्तै , महिला स्पर्धाको ६३ किलो समूहमा सुनिता हास्दा , ८१ किलो समूहमा सृष्टी मल्ल र ९८ किलो समूहमा कान्ता भूजेलले विजय प्राप्त गर्नु भएको जिल्ला खेलकुद विकास समिति मोरङका प्रमुख राजन पोखरेलले जानकारी दिनु भयो ।
प्रतियोगिताको विजयी खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेत , बोर्डका सदस्यद्वय रितेश श्रेष्ठ र प्रदिप कुमार भगत थारू लगायतले मेडल , ट्रफी हस्तान्तरण गर्नु भएको थियो ।
समापन कार्यक्रममा विकास बोर्डले प्रथम पटक भारोत्तोलनको प्रतियोगिता आयोजना गरेको बताउँदै सदस्य सचिव बस्नेतले आगमी दिनमा बोर्डले भारोत्तोलन खेलको विकासको लागी नियमित कार्यक्रमको खाका ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०७-११ , समय : ०७:५६:५२ , ६ महिना अगाडि