पार्टी सदस्यको निधन भएपछि उर्लाबारीमा धान रोपेर समावेदना व्यक्त

पार्टी सदस्यको निधन भएको घटना समावेदना व्यक्त गर्न नेकपा एमालेले उर्लाबारी नयाँ कार्यक्रम सुरु गरेको छ । पार्टी सदस्यको निधनमा समवेदना दिन गएको एमालेले धान रोपाइँ गरिदिएको हो ।

बुधबार पार्टी सदस्य देवप्रसाद चम्लागाँईको निधनमा उर्लाबारी १ झारसाँदीमा एमालेले धान रोपाइँ गरेको एमाले प्रदेश कमिटी सदस्य ज्योती चौहानले जानकारी दिइन् । चम्लागाँईको केहीदिन अघि निधन भएको थियो ।
एमाले उर्लाबारी नगर कमिटीले उनको एक बिगाह खेतमा धान रोपेको हो ।धान रोपाइँमा एमाले नगर इन्चार्ज तथा कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतम, उर्लाबारी नगरपालिका उपप्रमुख मिना खतिवडा, एमाले नगर कमिटी अध्यक्ष गंगा बाँस्तोला, उर्लाबारी १ का वडा अध्यक्ष तिलक पाण्डे लगायत पार्टीका नेता तथा कार्यकताहरुको उपस्थितिमा रहेको थियो ।

प्रकाशित मिति: २०२४-०७-१० , समय : १९:१६:२२ , ६ महिना अगाडि