नक्कली अध्यापन अनुमति पत्रमार्फत नियुक्ति लिएको आरोपमा शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रहमदेव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली अध्यापन अनुमति पत्रको आरोपमा यादवविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार निमावि राहत शिक्षक यादवले ​नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश गरी नियुक्ति लिएर २०६३ सालदेखि तलब/भत्ता खाइरहेको पाइएको छ ।

प्रकाशित मिति: २०२४-०७-१० , समय : ११:४६:४७ , ६ महिना अगाडि