रुपन्देहीको देवदह नगरपालिका-५ स्थित केरवानी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक दुर्गादत्त शर्मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा उनलाई विशेष अदालतले सोमबार दोषी ठहर गरेको हो । शर्माले स्नातकोत्तर तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी देवदह आदर्श बहुमुखी क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्ति लिएको आरोपमा उनीमाथि थियो ।
प्रकाशित मिति: २०२४-०७-१० , समय : ११:४४:४२ , ६ महिना अगाडि