महिला एसिया कप क्रिकेट प्रतियोगिताको अभ्यास खेलमा नेपाल श्रीलंकासँग ३३ रनले पराजित भएको छ। मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलङ्का डेभलपमेन्ट स्क्वाड टोलीसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पराजित भएको हो।
पहिले ब्याटिङ गरेको श्रीलङ्काली टोली निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो। वर्षाका कारण नेपालले १५ ओभरमा ९६ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो। तर नेपालले १५ ओभरमा ९ विकेट गुमाएर ६३ रनमात्र बनाउन सक्यो।
प्रकाशित मिति: २०२४-०७-०९ , समय : १७:१३:५६ , ६ महिना अगाडि