काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुरुङ समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् ।
तमु ल्होसार २०८० को अवसरमा आयोजना गरिएको कडाडोंको खुल्ला मञ्च महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि नेपालमा गुरु समुदायले ल्होसारलाई अधिकार प्राप्तिलाई आन्दोलनसँग जोडेर मनाउन थालेको उल्लेख गरे । नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता र भौगोलिक विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई राष्ट्रको मेरुदण्डका रूपमा संस्थागत गरेको बताउँदै उनले सबैको एकताको आधारभूत रुप भएको बताए ।
प्रकाशित मिति: २०२३-१२-३१ , समय : २०:१५:४२ , १२ महिना अगाडि