मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन्।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री सिंहले शनिबार प्रदेश सभामा विश्वासको मत मागेका थिए । सिंहले विश्वासको मत माग्दा १०७ सदस्यीय प्रदेशसभामा १०१ सांसद उपस्थित थिए।

उपस्थित सांसदमध्ये सिंहको पक्षमा ६७ सांसदले विश्वासको मत दिएका छन् भने विपक्षमा ३४ मत परेको छ ।

मुख्यमन्त्री सिंहलाई उनको जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्तिका सांसदले विश्वासको मत दिएका छन्।

विपक्षमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाललगायतका दलले विपक्षमा मत दिएका छन्।

प्रकाशित मिति: २०२४-०७-०६ , समय : १७:५२:२८ , ६ महिना अगाडि